शैक्षिक प्रमाणपत्र विवादमा परेका उपरथी पाण्डेले दिए राजीनामा

नेपाली सेनाका उपरथी तारध्वज पाण्डेले पदबाट राजीनामा दिएर बिदामा बसेका छन् । उनलाई प्रधानसेनापतिको अध्यक्षतामा बसेको बढुवा बोर्डले प्रधानसेनापतिको रोलक्रममा रहने गरि बढुवा गर्ने निर्णय गरेकाे थियाे ।

तर, उपरथी पाण्डेको नागरिकता, शैक्षिक योग्यतामाथि प्रश्न खडा भएको थियो । उपरथी पाण्डे कागजपत्रमा विवादमा आएपछि प्रधानसेनापति शर्मा र जंगी अड्डा दवाबमा थियो ।

सैनिक उच्चस्रोतले उपरथी पाण्डेको राजीनामा र बिदाको पुष्टिगर्दे जंगी अड्डाले बढुवाका लागि रक्षामा सिफारिस गरेपनि त्यहाँबाट अघि नबढने संकेत पाएर उनले सल्लाहमा यो कदम चालेको बताए । प्रधानसेनापति शर्मा र तनहुँ सम्बन्धलाई स्थापितगर्दै पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा समूह पाण्डेको बढुवाका लागि दौडधुपमा थियो ।

यदी पाण्डे बढुवा भएको भए बढुवाको लाईनमा रहेका थापाकै खास सहायक रथी सन्तोष वल्लभ पौड्याल भावि प्रधानसेनापति बन्न सक्ने सम्भावना रहेको थियो ।

तर, उच्च सैनिक स्रोतका अनुसार पौड्याल र र हाल अवकाश पाएका अर्का उपरथी बिरुद्ध तत्कालिन प्रधानसेनापति थापाको कार्यकालमा परेको एउटा गंभिर आरोप सम्बन्धि उजुरी अब ब्यूतिने सम्भावना रहेको छ ।

उपरथी पाण्डेले तिहार विदा हुने दिन आज २०८० कात्तिक २४ गते शुक्रवार विहान नै पेन्सन पट्टाका लागि ल्याप्चे समेत हानेको सैनिक स्रोतको दावी छ ।

उपरथी पाण्डेको राजीनामा पछि अब कुनै विवाद सार्वजनिक नभएमा उपरथी अशोक सिग्देलकाे बढुवा हुनेछ ।

उपरथी अशोक सिग्देलको बढुवा भएमा उनी भावी प्रधानसेनापतिको रोलक्रममा हुनेछन् । यस्तै रथीमा हाल मिशनमा रहेका निर्मल थापाको बढुवा हुनेछ । उनी हाल अनडाेफ मिशन सिरियामा फाेर्स कमाण्डर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर