नेपाल–भारत सीमा समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी तथा सेक्टर सेक्टर हेड क्वाटर गोरखपुर बीच बिहीवार बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र भारतीय सीमा सुरक्षा बल लखिमपुर खिरीका डीआईजी जेडि वशिष्ठ तथा गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।

बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत संभार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण, सुचना आदानप्रदान गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।

कार्यक्रममा विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत
लुम्विनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाहरुका गणका गणपतिहरु र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *