हिमालयन रिइन्स्योरेन्स लिमिटेडद्वारा भूकम्प पीडितहरुलाई राहत वितरण

नेपालको पश्चिमी क्षेत्रमा गएको ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सक्रिय रुपमा कार्य गरिरहेको जनाएकाे छ ।

जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गत शुक्रबार गएको भूकम्पमा हालसम्म जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै जनधनको क्षति भएको छ । सरकारी तथ्याँक अनुसार हालसम्म १५४ जनाको मृत्यु भएको छ । हजारौं घरहरु भत्किएका छन् । सयौं घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरुमामा व्यापक क्षति पुगेको छ ।

संकटको यस घडीमा सहयोग गर्न प्रतिबद्ध हिमालयन रिइन्स्योरेन्स लिमिटेडले३५ लाख रुपैयाँ बराबरको १ हजार ८ सय ७८ त्रिपालहरु र २ हजार थान कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको छ ।

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड साथमा उभिएको छ । यस्तै पूनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्दछ । संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पूनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने यस कम्पनीले अपेक्षा लिएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर