देवकोटा जयन्तीमा काव्यसभा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका उपलक्ष्यमा आज काव्यसभा आयोजना गरियो ।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले आफ्ना रचना वाचन गरेका थिए ।

सभामा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदानको स्मरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर