सांसद विकास कोषको रकम भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने सरकारको निर्णय

सरकारले सांसद विकास कोष (संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) का लागि छुट्याइएको भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सो कोषमा छुट्याइएको ८ अर्ब २५ करोड रूपैयाँ जाजरकाेट भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो।

त्यसका लागि सो रकमलाई विपद् व्यवस्थापन कोषमा सार्ने र थप १ अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापन लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय पनि बैठकले गरेको छ।

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर सांसद विकास कोषको रकम भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने सुझाव दिएका थिए।

सांसद विकास कोषअन्तर्गत प्रतिसांसद (प्रतिनिधिसभा सदस्य) ५ करोड रूपैयाँका दरले ८ अर्ब २५ करोड रूपैयाँ छुट्याइएको भए पनि कार्यान्वयन भएको छैन। हालै सर्वाेच्च अदालतले यो कार्यक्रम कार्यान्वयवनमा रोक लगाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर