जनकपुरमा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको ज्यान गएको छ ।

नेपाल रेल्वेको रेलले उनको दुवै खुट्टा छुट्टिने गरी काटेको छ । मृतक अन्दाजी ५० वर्षका पुरूषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लिकमा उनलाई रेलले किचेको धनुषा प्रहरीले जनाएको छ ।

रेल बिहान ८:३० बजे जनकपुरबाट भारतको जयनगरका लागि छुटेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर