ललितपुरमा जुवाखालबाट सेनाका पूर्व उपरथी पक्राउ, करिब १७ लाख रुपैयाँ बरामद

जिल्ला प्रहरी परिसर ललितपुरले अवैध जुवा बिरुद्ध थालेको कारबाहीमा नेपाली सेनाका उपरथीसहित आठजना पक्राउ परेका छन् ।

परिसर ललितपुरले विशेष सूचनाका आधारमा ललितपुर हात्तिबनस्थित क्लासिक टावरमा मंगलबार साँझ गरेको छापामा १६ लाख ८२ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

परिसरका अनुसार ललितपुर वडा नम्बर १५ स्थित क्लासिक टावरको ए ब्लकको छैठौं तलामा व्यवासायिक जुजाखालबाट सेनाका अवकाशप्राप्त उपरथी होम लावती पक्राउ परेका हुन् । जुवाखाल भएको फ्ल्याट समेत लावतीकै आफन्तको रहेको खुलेको छ ।

परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहले घटनाको पुष्टि गरे । तर, उनले पक्राउ परेकाहरुका विषयमा अनुसन्धान भइरहेको बताउँदै नाम खुलाउन चाहेनन् ।

प्रतिक्रिया

One thought on “ललितपुरमा जुवाखालबाट सेनाका पूर्व उपरथी पक्राउ, करिब १७ लाख रुपैयाँ बरामद

  1. येदि समाचार मा सत्यता छ भने यो अत्यन्तै लाजमर्दो अबस्था हो। सर्बप्रथम कुनै पनि जुवाडे हरुलाई पक्राउ पछि त्यो जफत गरियेको रकम को स्रोत पनि छानबिन को दायारा मा ल्याउनु आबस्यक छ। एउटा चप्पल र फाटेको कट्टुमा देशको राजधानी कुनै पनि समयमा छिरेका ती तमाम आजका नेता, कर्मचारी र व्यापारी हरु वा आम नागरिक हरु ले आर्जन गरेका करोडौं सम्पती र सम्बन्धित कुनै पनि निकाय का ब्यक्ती हरु उपर देशभक्त सरकार ले गहन छानबिन गर्न अब आबस्यक नै भयो।
    नत्र भिर बाट लडन खोज्ने गोरु लाई ईमान्दार देशभक्त हरु ले सिर्फ ” राम राम” मात्रै भन्ने हो!!
    चेतना भया!! जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर