यस्तो छ भाइटीकामा लगाइने सप्तरंगी टीकाको अर्थ

तिहारको अन्तिम दिन आज भाइटीका । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी मिष्ठान्न भोजन गराउने र कोसेलीहरू दिने चलन रहेको दिनलाई भाइटीका भनिन्छ ।

धार्मिकशास्त्रअनुसार बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइटीका लगाइदिएको धार्मिक विश्वास छ । भाइटीकालाई दिदीबहिनी तथा दाजुभाइबीच अटुट् सम्बन्ध बलियो बनाउने पर्वका रुपमा लिइन्छ ।

भाइटीकाको दिन लगाइने सप्तरंगी टीकाले दाजुभाइप्रतिको प्रेम ७ वटा रंगजस्तै गाढा तथा निरोगी भइइरहने भन्ने विश्वास छ ।  पञ्चांग निर्णय समितिका अनुसार सप्तरंगी टीका ७ वटा ग्रहसँग सम्बन्धित छन् । ज्योतिषशास्त्र अनुसार ९ वटा ग्रहको महत्त्व छ । राहु र केतु पनि ग्रह हुन् तर यसले राम्रो फल नदिने हुनाले ७ वटा ग्रहलाई मुख्य मानिन्छ । सप्तरंगी टीका तिनैसँग सम्बन्धित छन् ।

सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, वृहस्पतिले पहेँलो, शनिले निलो तथा बुधले हरियो रंग जनाउँदछन् ।

टीका त वैदिक सनातनमा चलिआएको भएपनि भाइटीकाको दिन लगाइने सप्तीरंगी टीकाले र एकदिन भएपनि ९ वटै ग्रह जसरी जिवित छन् जसरी ९ वटा ग्रहको दृष्टिले शरीर मजबुत भएको छ त्यसैगरी नै जीवनभर भइराखोस् भनेर आर्शिवाद दिएर दाइभाइलाई टीका लगाइने भएकोले भाइटीकाको महत्व छ ।

सप्तरंगी तिहारको झिलिमिलीसँग पनि जोडिएको मानिन्छ । ज्योतिषशास्त्रका अनुसार ७ वटा रंग शरीर तथा निधारमा राखियो भने त्यसले शरीर उर्जाशील बन्ने विश्वास गरिन्छ ।

धर्मशास्त्रअनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा निरोगी र दिर्घायुको कामना गर्दै आर्शिवाद दिएर लगाउने र दाजुभाइले पनि त्यही कामनाका साथ लगाउने हो । त्यसैगरी भाइटीकामा प्रयोग हुने ओखरको पनि महत्त्व छ। ओखरको बाहिरको कठोरपनले नराम्रा कुराहरू फुटेर जाउन् र भित्रको मलिन स्वभावहरू भइराखोस् भनेर फुटाइन्छ ।

ओखर यमराजको प्रतिक मानिन्छ । ओखर फुटाएर बाहिर फाल्नाले नराम्रो चिजहरू फालिन्छ भन्ने हो ।

मखमली फूल कहिल्यै नओइलाउने भएकाले दाजुभाइको अनुहार जहिल्यै उज्यालो र झलल् भइराखोस् भनेर लगाइदिने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर