छठ पर्व : तपाईंले जान्नैपर्ने यी जानकारी

छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमाआफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनःअर्घ दिई पूजा विसर्जन गरिन्छ ।पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यस्तो छ इतिहास
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासनागरिँदै आएको पाइन्छ। अग्नि पुराणमापनिषष्ठीव्रतको प्रसंग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेलाकुन्ती, द्रौपदीसहितपाण्डवले यो व्रत गरेको वर्णन महाभारतमापाइन्छ । त्रेतायुगमा राजादशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिकमहिनामामनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठीतिथिमापनि केहीठाउँमा यो पर्व मनाइन्छ ।

मनाउने विधि
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्म शुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिननदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदीकिनारमाबास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्धनहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनिपाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्धन भएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।

यसरी गरिन्छ विसर्जन
षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्रीलिएर नदीकिनारमागई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमाउखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछिभाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रतगर्नाले चर्मरोग छिटो निको हुने पनिविश्वास गरिन्छ । केहीभक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता  कार्य पनिगर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानकाअनुसार यो व्रतको महत्व आजपनि त्यत्तिकै छ ।

कार्तिक शुक्लचतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ  व्रतबसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथमनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनिआराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तिलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामापनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समान रूपमा प्रकाश दिन्छ । त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजागरिन्छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधीविधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्टहटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्रप्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशयकुण्डमा गई यस दिन छठ पूजागर्दछन् । छैठको पूजागर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विनाकुनै भेदभाद समान शक्ति, ताप र किरणदिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजाप्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्मगरिन्छ ।

नहानखान (नहाएखाए)
कार्तिक शुक्ल चर्तुदशीकादिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहानखान (नहाएखाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्धभोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्– म अवजथाभावी खाँदिन र तनमनले प्रभुको शरणमा बस्नेछु ।

खर्नाः छठको दोस्रो दिन–कार्तिक शुक्लपञ्चमी
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमानुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ताशुद्धभोजन ग्रहणगर्दछन् । यस दिनमा एक छाकमात्रभोजन गर्नुको कारणभने छठको दिनअर्थात अघिल्लो दिनमादिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।

छठः छठको तेस्रो दिन–कार्तिक शुक्लषष्ठी

छठको तेस्रो दिनअर्थात् छठ पर्व । यस दिनमाब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपखन जीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमागई पानीमाडुबेर अस्ताउँदो सूर्यलाई पूजागर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमाडुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीनअर्घका लागि केहीब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजनकिर्तन र नाचगानहुने गर्दछ । घाटलाई बेहुलीझै सिंगारिएको हुन्छ।

पारणः छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानीभरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमागई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।(विकीपिडियाको स्रोतमाआधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर