पुरूषमा पनि हुन्छ स्तन क्यान्सर, के छ उपचार?

स्तन क्यान्सर पुरूषमा पनि हुन्छ। यो कुनै अफवाह वा मजाक नभई वास्तविकता हो।

हालै अमेरिकाको फ्लोरिडामा यस्तै एउटा घटना प्रकाशमा आएको थियो, जहाँ ४३ वर्षीय ज्याक यारब्रो स्तन क्यान्सरबाट पीडित पाइयो।

डाक्टरले उनलाई यसबारे सचेत रहन स्पष्ट निर्देशन दिए पनि उनले बेवास्ता गरे। बिस्तारै बिस्तारै हरेक दिन उनको समस्या बढ्दै गयो र अन्ततः स्तन क्यान्सरको चौथो स्टेजमा पुगेपछि उनको स्वास्थ्य बिग्रन थाल्यो।

स्तन क्यान्सरबाट पीडित ज्याकको उपचारमा अलिकति ढिलाइ पनि उनका लागि घातक साबित हुन सक्ने चिकित्सकले बताएका छन्। चिकित्सकहरूका अनुसार महिलाको तुलनामा पुरूमा यसको सम्भावना निकै कम भए पनि पुरूषका लागि यो बढी घातक साबित हुन सक्छ।

ज्याकको मामलामा आजभन्दा लगभग ५ वर्ष पहिले उनलाइ यसका प्रारम्भिक लक्षणहरूबारे थाहा भयो। त्यसबेला उनले आफ्नो छातीको देब्रे निप्पलमुनि गाँठोको महसुस गरे। सुरूमा उनलाई यो कुनै चोट हुन सक्ने लाग्यो, तर बिस्तारै त्यो गाँठो ठूलो र मोटो हुँदै गयो।

पहिलो परीक्षणमै उनलाई स्तन क्यान्सर भएको थाहा भयो तर उनले बेवास्ता गरे। समय बित्दै जाँदा उनको शरीरमा यसको प्रभाव देखिन थाल्यो, त्यसपछि उनको फेरि परीक्षण भयो। तबसम्म यो क्यान्सर चौथो र गम्भीर स्टेजमा पुगेको थियो।

बिस्तारै यो क्यान्सर ज्याकको लिम्फ नोड्स र फोक्सोमा फैलियो। त्यसपछि उनले उपचार गर्न थाले।

यसरी हुन्छ उपचार 
विभिन्न डाक्टरहरूसँग परामर्श गरेपछि ज्याकले अन्ततः उपचार गर्न थाले। यसका लागि उनले हरेक तीन महिनामा किमोथेरापी र रेडिएसन थेरापी गराइरहेका छन्।

उनका अनुसार हालसम्म १२ वटा किमोथेरापी र ३६ वटाभन्दा बढी विकिरण थेरापी गरिसकिएको छ। यसका बावजुद स्तन क्यान्सरले उनको ज्यान लिने जोखिम भने कायमै छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर