रास्वपाकाे घरदैलो अभियान आजदेखि सुरु हुँदै, सर्वसाधारणलाई ३ प्रश्न सोध्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे घरदैलो अभियान आजदेखि सुरु हुँदै छ। रास्वपाले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्न लागेकाे हाे।

रास्वपाले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११ लाखभन्दा बढी जनमत दिई निर्वाचित गराएको भन्दै मतदाताको सम्मानमा सो अभियान सञ्चालन गर्ने निर्णय कात्तिक २३ गते गरेको थियो।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालका अनुसार सबै निर्वाचन क्षेत्रमा मुख्य तीन प्रश्नसहित सो घरदैलो अभियान सञ्चालन हुनेछ। रास्वपाले पार्टीको सबल वा दुर्लभ पक्षसँगै सुझाव सङ्कलन गर्नेछ।

रास्वपाले साेध्ने मुख्य तीन प्रश्न :

१) तपाईँको विचारमा हाम्रो कमीकमजोरी र गल्तीहरू के–के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस्।

२) हाम्रो लागि तपाईँका सुझाव के–के हुन् ? कृपया बुँदागतरुपमा उल्लेख गर्नुहोस्।

३) आफ्नो क्षेत्रमा तपाईँले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकताका आधारमा उल्लेख गर्नुहोस्।

घरदैलो अभियानमा लिखित मात्र नभई मौखिक रूपमा पनि सुझाव दिन सकिने छ। उनले भने, “जनताका लागि घर–घरमा फाराम छोड्दिने र पछि सङ्कलन गर्ने गरी हामीले तयारी गरेका छौँ।”

गएको निर्वाचनमा पुराना दल र उम्मेदवारबाट निराश बनेका मतदाता स्वतन्त्र सांसदको विजयसँगै उत्साहित देखिएका थिए। तर, एकातर्फ नयाँ र स्वतन्त्र भनिने सांसदको पनि अवस्था पुरानैको जस्तो हुने हो कि भन्ने महत्त्वाकाङ्क्षा समेत दिनप्रतिदिन बढ्दो छ। चुनावका बेला जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न सुझाव लिन लागेको ढकाल बताउछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *