महिला टि-२० शृङ्खला : जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

चार देश सम्मिलित महिला टि-२० शृङ्खलाअन्तर्गत नेपालले अहिले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा छ।

जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ।

पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ।

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्त्वना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्।

एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर