लप्सीफेदी सबस्टेसनमा झडप : डीएसपीसहित ३ जना घाइते

शंखरापुरा नगरपालिका- ३ लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन निर्माणका लागि सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। आक्रमणमा डीएसपीसहित तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

सुरक्षा पोष्ट राख्ने क्रममा सुरक्षाकर्मीमाथि स्थानीयले ढुंगामुढा गर्दा  डीएसपी देवराज राईसहित तीनजना घाइते भएको प्रशासनले जनाएको छ। आक्रमणकारी जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसनको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा संयुक्त सुरक्षा पोष्ट तयार पार्न लागेको थियो।

रुख ढालेर बाटो अवरोध गरेका स्थानीयले एक्कासी आक्रमण गरेको थियो। जिल्ला सुरक्षा संयन्त्रको बैठकले सशस्त्र डीएसपीको नेतृत्वमा बेस क्याम्पसहित नेपाल प्रहरीको सुरक्षा पोष्ट खडा गर्ने निर्णयअनुसार काम अघि बढाइएको थियो।

सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ।सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापनाको काम नरोकिने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंलेस्थानीयसँग छलफल गरेर अघि बढ्ने  जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर