विश्वकप क्रिकेटमा उपाधिकाे छिनाेफानाे आज, भारत र अष्ट्रेलियामध्ये कसले मार्ला बाजी ?

आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरू हुनेछ ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियायाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

विश्व कप क्रिकेटमा अष्ट्रेलिया सर्वाधिक सफल टोली हो । यसअघिका १२ संस्करण आयोजना हुँदा अष्ट्रेलियाले ५ पटक जितेको छ । भारत र वेष्ट इन्डिजले समान २ तथा पाकिस्तान, श्रीलंका र इंग्ल्यान्डले समान १ पटक जितेका छन् ।

आजको फाइनल खेल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो । पछिल्लो पटक यी दुई टोलीबीच सन् २००३ को फाइनल खेल भएको थियो । त्यसपछि का विश्वकपमा भारत २०११ र अष्ट्रेलिया २०१५ को विजेता टोली हो ।

सन् २००३ को फाइनलमा दुवै टिम आमनेसामने भएका थिए । सो खेल अष्ट्रेलियाले एकतर्फी रूपमा जितेको थियो । यसपटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ । घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको भारतका लागि अवसर पनि छ । लगातार १० खेलमा जित निकाल्न सफल भारत उपाधि आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ ।

भारतीय भारतीय कप्तान रोहित शर्माले भने, ‘खेल निकै रोमाञ्चक हुनेछ । दुवै टिम फाइनलका हकदार हुन् । हामीलाई थाहा छ, अष्ट्रेलिया के गर्न सक्छ भनेर । तर हाम्रो नजर आफ्नै प्रर्दशनमा छ । हामीलाई विपक्षी टिममा ध्यान दिन जरुरी छैन । हामी हाम्रो योजनामा केन्द्रित छौं ।’

त्यस्तै अष्ट्रेलियन कप्तान पेट कमिन्सले भने, ‘भारतीय ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने विशेष योजना आफुहरूसँग रहेको बताउँदै मोहमद सामीबाट बच्न जरूरी रहेको उल्लेख गरे । हाम्रो टिममा चोटको समस्या छैन । खेलाडीसँग ठूलो म्याच खेल्ने र दबाब झेल्ने अनुभव छ ।’

हेड टु हेड
यी दुई टोली एकदिवसीय क्रिकेटमा जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्ये अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । विश्वकपमा १३ पटक आमनेसामने भएका छन् । अष्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ । यो विश्वकपमा यी दुई टोलीको पहिलो खेल भारतले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर