भारतलाई झटकापछि झटका, कप्तान राेहित शर्मापछि श्रेयस अय्यर पनि आउट

पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीलाई अष्ट्रेलियाले तेस्रो ठूलो झटका दिएको छ।

श्रेयस अय्यर मात्र चार रन बनाएर आउट भए। उनले तीन बल मात्र खेल्न सके।

कप्तान प्याट कमिन्सले श्रेयसलाई आफ्नो पहिलो शिकार बनाए। तर, यसअघिका चार खेलमा उनले लगातार अर्धशतक र शतक प्रहार गरेका थिए।

यसअघि कप्तान रोहित शर्मा ४७ रन बनाएर आउट भएका थिए।

स्पिनर ग्लेन म्याक्सवेलले आफ्नो दोस्रो ओभरमा रोहितलाई आफ्नो शिकार बनाए।

तर, आउट हुनुअघि उनले छक्का र चौका प्रहार गरेका थिए।

त्यसअघि ओपनर शुभमन गिल ४ रनमै आउट भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *