एकसय रुपैयाँमा नयाँ नक्सा

भारतीय विदेशमन्त्रीले भने- नेपालको निर्णयले अवस्था र वास्तविकता परिवर्तन हुँदैन

नेपाल सरकारले एकसय रुपैयाँको नोटमा विवादित लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत समेटेको नयाँ नक्सा राख्ने निर्णयमा भारतका विदेश मामिलामन्त्री डा एस जयशंकरले प्रतिक्रिया जनाएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) ले शनिवार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा विदेश मामिलामन्त्री जयशंकरले आफु एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको विषयमा जानकार रहेको बताएका हुन् ।

उनले आफुले नेपाल सरकारको निर्णय बिस्तृत रुपमा हेरिनसकेको बताए ।

 

उनले भने, ‘मलाई लाग्छ हाम्रो अडान एकदम स्पष्ट छ। हाम्रो अडान, तपाईलाई थाहा छ, नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित प्लेटफर्म मार्फत छलफल भइरहेको थियो । यसरी बीचमा नेपालले एकतर्फी रूपमा आफ्नो पक्षमा केही निर्णय लिएकाे छ । तर आफ्नो तर्फबाट यसरी निर्णयगर्दैमा अवस्था र जमीनको वास्तविकता परिवर्तन हुनेवाला छैन । यो लुकाउने काम हो।’

नेपाल र भारतबीच सीमा विवादका लागि प्रधानमन्त्री, मन्त्री, सचिव तथा सहसचिव र सुरक्षा निकायबीच फरक फरक समयमा छलफल भइरहेको छ । यस्तै मन्त्री, सचिव, सहसचिव र सुरक्षा निकायबीच बेग्लाबेग्लै संयन्त्र समेत रहेका छन् ।

नेपाल सरकारको वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसअघि पुरानो नक्सा भएको नोट थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर