विश्वकप क्रिकेट फाइनल

भारतले गुमायो पाँचौं विकेट

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित पाँच विकेट गुमाएको छ।

पाँचौं विकेटको रूपमा रविन्द्र जडेजा ९ रनमा आउट भए। त्यतिबेला भारतले ३५.५ ओभरमा ५ विकेटको क्षतिमा १७८ रन जोडेको थियो।

त्यसअघि विराट कोहली ५४ रन बनाएर आउट भए। उनलाई अष्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे।

भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

अहिले केएल राहुल र सूर्यकुमार यादव ब्याटिङ गरिरहेका छन्।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर