विश्वकप क्रिकेट फाइनल

उपाधिका लागि भारतले अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन जोड्यो।

भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे। केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सके।

विराट कोहलीले ५४ रन बनाए। अष्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।

भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौं ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्को ओभरमा कप्तान पाट कमिन्सले श्रेयष अय्यरलाई ४ रनमा आउट गरेपछि भारत दबाबमा आएको थियो।

सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र जोड्न सके भने रवीन्द्र जडेजा ९, मोहमद सामी १ रन र जसप्रित बुमराह १ रनमा आउट भए। कुलदीप यादवले अन्तिम बलमा रनआउट हुनुअघि १० रन र मोहमद सिराजले नटआउट ९ रन बनाए।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। उनले १० ओभरमा ५५ रन खर्चिए। जोश हजलउड र पाट कमिन्सले २ विकेट लिए। हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले १–१ विकेट लिन सफल भए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर