विश्वकप क्रिकेट फाइनल

५० रन नपुग्दै भारतले लियो अष्ट्रेलियाको ३ विकेट

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि भिडन्तमा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको आएको अष्ट्रेलियाले ४७ रनमै ३ विकेट गुमाएको छ।

मोहम्मद शामीले पहिलो विकेट लिए भने जसप्रित बुमराहले दोस्रो विकेट लिए।

शामीले आफ्नो पहिलो ओभरमा अष्ट्रेलियाका सबैभन्दा सफल ब्याट्सम्यान डेभिड वार्नरलाई आउट गरे।

वार्नरले शमीको लेन्थ बल खेल्न चाहन्थे तर उनको ब्याटको बाहिरी किनारा लिएर स्लिपमा उभिएका विराटको हातमा गयो र कोहलीले कुनै गल्ती गरेनन्।

खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिचेल मार्सलाई विकेट आउट गर्दै अष्ट्रेलियालाई दोस्रो झटका दिएका थिए।

७ औं ओभरमा बुमराहले स्टिभ स्मिथलाई एलबीडब्ल्यू आउट गरेर अस्ट्रेलियाली टोलीलाई तेस्रो झटका दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *