विश्वकप छनोट खेल्न यमनी टोली नेपालमा

विश्वकप छनोटको समूह चरणको दोस्रो खेल खेल्न यमनी टोली नेपाल आइपुगेको छ ।

मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने नेपाल र यमनबीचको पहिलो लेग खेल्न यमनी टोली आज साँझ नेपाल ओर्लिएको हो ।

यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ ।

यसअघि यही खेलका लागि यूएई पुगेको नेपाली टोली ४-० ले पराजित भएको थियो ।

नेपाल र यमनबीचको खेलका लागि टिकटको मूल्य साधारण प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर