टिकटक प्रतिबन्ध विरुद्धकाे रिट न्यायाधीश चुडालको एकल इजलासमा

सरकारले लगाएकाे टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुँदै । कार्तिक २७ गते सरकारले टिकटक बन्द गराउने निर्णय गरेपछि परेको छुट्टाछुट्टै १० वटा रिट निवेदन सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निवेदकहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको प्रतिबन्ध तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर