सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ ।

उक्त मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । न्यायाधीश निरौलाले उक्त मुद्दामा पहिले नै सुनुवाइ गरेका थिए । उनले विपक्षी झिकाउने आदेश गरेकाले हेर्न नमिल्नेमा परेको हो ।

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् । यस्तै, सरकारी वकिलको कार्यालयले पनि लामिछानेलाई सुनाइएको सजाय कम भएको भन्दै पुनरावेदन गरेको छ ।

उच्च अदालतले यी दुवै पुनरावेदनमा एकसाथ सुनुवाइ गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर