बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आज बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पश्चिम नेपालमा भूकम्पको जोखिम बढ्दो छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिमसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।

सो भूकम्पपछि कैयौं पटक परकम्पहरू गइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर