फिफा विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल भोलि, कति छ टिकटको मूल्य ?

फिफा विश्वकप-२०२६ दोस्रो चरण र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरूद्धको खेलमा नेपालले जित निकाल्ने बताए ।
उनले यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) विरूद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरूद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले यूएईविरूद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिक रूपमा समेत तयार रहेको बताए ।
नेपाल फिफा वरीयतामा १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय रूपैयाँ र भीआईपी प्यारापिटतर्फ एक हजार रूपैयाँ मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपाल लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर