भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ता निकासा, कुन जिल्लामा कति?

सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो।

गृहमन्त्रीको निजी सचिवालयका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयको नाममा उक्त रकम आज (सोमबार) निकासा भएको हो।

जाजरकोट र रूकुमपश्चिमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रूपैयाँ निकासा भएको छ। प्राधिकरणले निकासा बारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ।

भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै सङ्घीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रतिघरधुरी ५० हजार रूपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए।

उक्त रकम स्थानीय तहमा तुरून्त पठाउन र प्रभावकारी कार्यसम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकिएको छ। भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूचीअनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रूपैयाँ पाउने प्रबन्ध गरिएको छ। साथै निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रूपैयाँ निकासा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर