आजकाे माैसम:उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा माैसम पूर्वानुमान महाशाखाले आज देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात हुनसक्ने अनुमान गरेकाे छ। महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यत: सफा रहेको मौसम जनाएको छ । महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आज दिउँसो आंशिक बदली भई कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका बाँकी भूभागको मौसम सामान्यत: सफा रहनेछ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।

बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहने महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर