फिफा विश्वकप छनोट

यमनसँग खेल्ने नेपाली टोली घोषणा, अनन्त र दिनेशको कमब्याक

फिफा विश्वकप-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत यमनविरूद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । आज बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी यूएईविरूद्धको खेलमा टिममा थिएनन् । यस्तै यूएईविरूद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बू भने टिममा छैनन् ।

यसबाहेक यूएईविरूद्धको खेलका लागि पहिलो पटक नेपाली टिममा परेका निशान हमाल पनि यमनविरूद्ध खेल्ने टिममा छैनन् ।

नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेण्डर : अमृत श्रेष्ठ, अञ्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, रोहित चन्द, योगेश गुरूङ

मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङ्देम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु

फरवार्ड : जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सञ्जीव विष्ट, अञ्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *