आक्रमण रोक्न इजरायल-हमासबिच सहमति, हमासले ५० जना बन्धकलाई रिहा गर्ने

इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ। यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ।

हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ। यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ। सोमबारदेखि नै इजरायल सरकार र हमास युद्धविरामका लागि सहमति नजिक रहेका समाचारहरु सार्वजनिक भएका थिए।

युद्धविराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ। यसैअन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन्।

गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा ५ हजार बढी बालबालिकासहित १४ हजार बढी मानिसको ज्यान गइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर