माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी

माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल)को अध्यक्षमा युवा उद्यमी रोशन केसी नियुक्त भएका छन्। डा उपेन्द्र महतोले राजीनामा दिएपछि बैंकको अध्यक्षमा केसी चुनिएका हुन् ।

युवा उद्यमी केसी पोखराको ब्यवसायी घरानाका सदस्य हुन्। माछपुच्छ्रे बैंक स्थापनामा केसी परिवारको महत्वपूर्ण योगदान छ। रोशनका पिता स्वर्गीय सुर्यबहादुरको पहलमा बैंकको स्थापना भएको हो ।

बीचमा बैंकमा स्ट्यान्डर्ड फाइनान्स गाभिएपछि महतो समूह बलियो भएको थियो। महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको छ।

केसी केही समयदेखि बैंकको सञ्चालकमा लगातार निर्वाचित भइरहेका थिए। महतोको राजीनामापछि उनी अध्यक्ष भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर