बागबजारबाट एक करोड रूपैयाँसहित हुण्डी कारोबारी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बागबजारबाट करिब एक करोड रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२८, बागबजारका ४८ वर्षीय रूपेश श्रेष्ठ पक्राउ परेका हुन्। उनी हुण्डी कारोबारका साथै अनलाइन जुवा खेलाउनमा संलग्न पाइएको सीआईबीले जनाएको छ।

हुण्डी कारोबार गर्ने, अनलाइन जुवा खेलाउने र क्रिप्टोको कारोबार गर्ने गरेको आरोपमा श्रेष्ठको घर सीआईबीको टोलीले खानतलासी गरेको थियो। सो क्रममा नेपाली रूपैयाँ र अमेरिकी डलरसहित गरेर ९९ लाख २ हजार ८२५ रूपैयाँ बरामद भएको हो।

श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका हुन्। सीआईबीका अनुसार उनीमाथि  थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर