नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका विदेशमन्त्री

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका विदेशमन्त्री जलिल अब्बास जिलानीसँग भेटवार्ता गरेका छन्।

राजदूत अधिकारीले विदेशमन्त्री जिलानीसँग बिहीबार इस्लामावादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ।

उनीहरूबीच आपसी हितका लागि सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको थियो।

व्यापार र पर्यटनमा प्रचुर सम्भावना रहेको अनुभूति गर्दै नेपाल र पाकिस्तानबीच आर्थिक सहयोग अभिवृद्धि गर्ने उपायबारे पनि दुई पक्षले छलफल गरेका थिए।

उनीहरूले सार्क र क्षेत्रीय सहकार्यका साथै आगामी कोप-२८ का बारेमा पनि आ-आफ्नो धारणा राखेका थिए।

भेटमा पाकिस्तानको विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर