भारतीय क्रिकेटर एस श्रीसान्तविरूद्ध ठगी मुद्दा

भारतीय क्रिकेट टोलीमा केही यस्ता खेलाडी छन् जो करियरको सुरूदेखि नै विवादमा आइरहेका छन् । तीमध्ये सर्वाधिक विवादास्पद नामका रूपमा भारतीय टोलीका पूर्वक्रिकेटर एस श्रीसान्तलाई लिन सकिन्छ ।

क्रिकेट करियरमा उनलाई कहिले मैदानमा हरभजन सिंहबाट थप्पड खानुपरेको थियो भने म्याच फिक्सिङको आरोपमा जेल नै जानु परेको थियो । ती आरोपबाट सफाइ पाएर निजी जीवनमा फर्किएका श्रीसान्त फेरि ठूलो समस्यामा परेका छन् । उनीविरूद्ध केरलाका सतीश गोपालन नामका व्यक्तिले ठगीको आरोप लगाएका छन् ।

केरलाको कन्नूर जिल्लामा बस्ने सतीश गोपालनले एस श्रीसान्त र अरू दुई जनाविरूद्ध ठगीको मुद्दा दायर गरेका छन् । सन् २०१९ मा राजीव कुमार र वेंकटेश केनीले खेलकुद एकेडेमी बनाउने भन्दै १८.७ लाख रूपैयाँ लिएको गोपालनले बताएका छन् । यसमा श्रीसान्त उनको तेस्रो पार्टनरको रूपमा चिनाइएको छ ।

यो एकेडेमी कोल्लुरमा निर्माण गर्ने भनिए पनि यसको शिलान्यास पनि हुन सकेको छैन । पैसाको लेनदेनमा श्रीसान्त संलग्न नभएको तर उनको नाम लिएको भन्दै सतीशले पैसा लगानी गरेको पनि बताए ।
सतीशको आरोपमा प्रहरीले श्रीसान्तसँगै वेंकटेश र राजीवविरूद्ध मुद्दा दर्ता गरेको छ । श्रीसान्तलाई यस मामिलामा तेस्रो अभियुक्त मानिएको छ । भारतीय प्रहरीले आईपीसीको धारा ४०२ अन्तर्गत तीन जनाविरूद्ध मुद्दा दर्ता गरेको हो ।

श्रीसान्तविरूद्ध यस्तो मुद्दा आएको यो पहिलो पटक होइन । यसअघि सन् २०१३ मा आईपीएलमास्पट फिक्सिङको मुद्दामा पनि पक्राउ परेका थिए । त्यसपछि उनी राजस्थान रोयल्सको टोलीमा थिए ।

बीसीसीआईले श्रीसान्तलाई आजीवन प्रतिबन्ध लगाएको थियो तर ७ वर्षपछि श्रीसान्त निर्दोष पाइएपछि उनीमाथिबाट यी सबै मुद्दा हटाइयो र प्रतिबन्ध पनि हट्यो । त्यसयता श्रीसान्त केरलाका लागि घरेलु क्रिकेट खेल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर