वसन्तपुर दरबार क्षेत्रमा उपत्यकाका सम्पदासम्बन्धी सिर्जना प्रदर्शन

वसन्तपुर दरबार क्षेत्रमा आज काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सिर्जना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सिर्जनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए ।

उनीहरूले रूचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एवं मौलिक पहिचान बोकेका सिर्जना प्रदर्शनी गरिएको थियो । काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए ।

कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवर्द्धनका लागि प्रदर्शनी गरिएको बताए ।

नेपाल सम्वतका अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सृजनामध्ये अधिकांश बिक्री पनि भएको उनले बताए । यहाँ राखिएका सिर्जना कम्तीमा१ ० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्ममा बिक्री भएको उनको भनाइ छ । प्रदर्शनीको केही घण्टामै सृजना बिक्री हुँदा आफूहरू निकै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताए ।

प्रदर्शनीमा अग्रज कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाएका थिए । केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्रसमेत उतारेका थिए । अधिकांश सृजनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो । जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यमको प्रयोग गरी सृजना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको कलाकार डीबी राईले बताए ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य कलाकार एनवी गुरूङ, भीम श्रेष्ठ, डीबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डङ्गोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सिर्जना प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर