रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि जलेश्वरमा, के-के छन् एजेण्डा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।

आज देखि तीन दिन सम्म बस्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको सहभागिता रहने छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने भएको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारीरहेको उनले बताए ।

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *