रातोपुलको स्पा सेन्टरमा वेश्यावृत्ती, युवतीहरुको अश्लिल भिडियो राखेर बार्गेनिङ

प्रहरीले काठमाडौंको रातोपुलस्थित एउटा स्पा सेन्टरमा छापा मारेर त्यहाँ भइरहेको अवैध गतिविधि रोकेको छ । प्रहरीका अनुसार नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरको आवरणमा युवतीहरुलाई रोजगारको प्रलोभनमा वेश्यावृत्तीमा लगाउने गरेको समेत खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान व्युरोले नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक दिनेश पौडेललाई पक्राउ गरेको छ । पौडेलले स्पामा काम गर्ने युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको सुचनापछि ब्यरोले कारबाही थालेको हो ।

ब्यूरोको टोलीले नावालिक सहीत ३ जना युवतीहरुलाई उद्दार गर्नुको साथै पौडेललाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीका अनुसार पौडेल र उनको समूहले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीहरुलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेका थिए । पौडेलले यसरी स्पामा काम गर्ने युवतीहरुलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेका थिए ।

एसपी पगेनीका अनुसार स्पा सेन्टरमा काम गर्ने युवतीहरुलाई मसाजका साथै शारिरीक सम्पर्क राख्न दबाब दिने गरिएको थियो ।

‘उनले भने अनुसारको काम गर्न नमानेमा शारिरीक तथा मानसीक यातना समेत दिने गरेको र पुरुषहरुसंग अश्लिल क्रियाकलाप गरेको फोटो,भिडीयो आफु संग सुरक्षीत रहेको र भने अनुसार नगरेमा सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाईदिने भनी डर त्रासमा पार्ने गरेको अनुसन्धानमा खुलेको छ,’ एसपी पगेनीले भने ।

ब्यूरोले काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको अनुसन्धान म्याद लिएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर