उपरथीमा बढुवा भएका सिलवाल र ३ जना कर्णेलले लगाए दर्ज्यानी चिन्ह

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाल र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका तीनजनालाई सोमबार दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

सहायक रथी सिलवालकाे विशेष बढुवा भएकाे हाे । उनी यही मंसिर १३ अनिवार्य अवकाश हुँदैछन् ।

महासेनानीमा बढुवा हुनेहरुमा सुरेन्द्र सापकोटा, दिग्विजय शाह र निरज पाण्डे रहेका छन् । यी तीनैजना सैनिक अधिकारीहरु एकवर्ष अघि बढुवा भएपनि विदेशमा रहेकाले हाल दर्ज्यानी चिन्ह लगाएका हुन् । तीनैजना शान्ति मिशनमा कार्यरत रहेका थिए ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर