रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ। महोत्तरीको जलेश्वरमा हिजो (सोमबार)बाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो।

हिजोको बैठकमा सांसदहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । बुधबारसम्म चल्ने बैठकबाट वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुने नेताहरूले जनाएका छन्।

पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको संसदीय कार्यको मिहीन समीक्षा हुने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरभित्रमा महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने छ। वडा तहबाट महाधिवेशनको प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको रास्वपाले त्यसको विधि र प्रणालीबारे पनि यो बैठकमा छलफल गर्ने महामन्त्री ढकालले बताए।
पार्टीको समग्र रोडम्याप र अवलम्बन गर्ने नीति पनि यो बैठकले तय गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर