लागुऔषध मुद्दा मिलाउन घुस लिने सई पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद घुससहित पक्राउ परेका छन्।

लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ३० हजार रूपैयाँ घुससहित उनी पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई साउदलाई इलाका प्रहरी कार्यालयकाे मुद्दा शाखाबाट मंगलबार पक्राउ गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *