ललितपुरका १९ लाख ४२ हजार रूपैयाँ बराबरको नगद तथा गरगहना चोरी, एक जना पक्राउ

ललितपुरमा नगद तथा गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

मंसिर ४ गते दिउँसो ललितपुर महानगरपालिका-१८, भैंसेपाटीस्थित कामेश्वर यादवको घर तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको डेराकोठाबाट नगद तथा गरगहना चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

दोलखाको मेलुङ गाउँपालिका-३,शैलुंगेश्वरी घर भई हाल ललितपुर-२२, बुङमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बरबहादुर तामाङ मंसिर ५ गते पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार उनले १९ लाख ४२ हजार ६०० रूपैयाँ बराबरको नगद तथा गरगहना चोरी गरेका थिए।

प्रहरीले उनको साथबाट अमेरिकी डलर १०० दरका ४ हजार ४००, भारतीय रूपैयाँ ५०० दरका २९ हजार ५००, १०० दरका २७ हजार ३०० बरामद गरेको छ।

यस्तै सुनको तिलहरी१ थान, टप ४ थान , बुलाकी ४ थान, सुनकै हनुमानको लकेट १ थानलगायत सामान बरामद भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर