१६ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

१६ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ती ठेकेदार कम्पनीहरुलाई आजकै मितिदेखि कालोसूचीमा राखिएको सार्वजनिक सूचना जारी गरेको छ ।

विभिन्न सार्वजनिक कार्यलयहरुको आग्रहमा निर्माण ब्यवसायी आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जनाएको छ ।

यसरी कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्रा लि, साहनी बिल्डर्स, भारत कन्स्ट्रक्सन, मैनाचुली, सिद्धिसाई जेभि, आर डी सप्लायर्स, सुनौलो खिम्ती कन्स्ट्रक्सन, एस कन्स्ट्रक्सन लगायत रहेका छन् ।

उनीहरुलाई १ बर्ष देखि बढीमा तीन वर्षसम्मलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर