डडेलधुराबाट देउवालाई ओलीको फाेन- ‘जय नेपाल’, सबै राम्रो छ नि

पार्टीकाे महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फाेन संवाद गरेका छन्।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन्। कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन्। उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन्।

ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन्। उताबाट बोलेको स्पष्ट सुनिँदैन। तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *