अर्थतन्त्र सुधारका लागि सरकारको प्रयास हेर्दा निजी क्षेत्र ढुक्क हुने अवस्था छैन : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको बताएका छन् । उनले अर्थतन्त्रलाई सकारात्मक बनाउन देशको हित हुने गरी सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिककोत्सव तथा सम्मान कर्मक्रममा उनले अर्थतन्त्रको सुुधारका लागि सरकारले निजी क्षेत्र, सम्बन्धित अर्थका निकायहरू तथा राजनीतिक नेतृत्वसँग संवाद सुरूआत गरेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले जडिबुटीजन्य र हस्तकलाजन्य बस्तु उत्पादनको निर्यातमा प्रवर्द्धन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । अर्थतन्त्रको सुधार हालको सरकार र निजी क्षेत्रको पहलमा मात्र सम्भव हुनेमा उनी ढुक्क नभएको बताउँछन् ।

उनले भने, ‘केही दिन अगाडिबाट प्रधानमन्त्रीज्यूले अर्थतन्त्रलाई सकारात्मक र सुधार कसरी गर्ने भेर राजनीतिक दल, सरोकारवाला र निजी क्षेत्रलाई बोलाएर एउटा संवादको सुरूआत गरेको छ । यो छलफलले निरन्तरता पाउनुपर्छ, अझै पनि हामी अर्थतन्त्रको अवस्थालाई लिएर ढुक्क भएका छैनौं । सरकार निजी क्षेत्र, बैंकर्स सबै मिलेर अर्थतन्त्र सुधारको लागि देशको हित हुने कुरामा हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर