नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

रूकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय तोकिएको छ । जिल्ला अदालतले साढे ३ वर्षअघिको घटनामा मंगलबार मुद्दाको अन्तिम फैसला सुनाएको हो ।

न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका-८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत छन् ।

यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भएको छ ।

उनीहरूमाथि ६ जनाको ज्यान मारेको, अरू १२ जना घाइतेहरूको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *