रास्वपाको सचिवालय बैठक बस्दै, थपिएका केन्द्रीय सदस्यहरूको शपथ पनि आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाकी केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताइन् ।

उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरूले आज शपथ लिने कार्यक्रम पनि छ । ‘साँझ ५ बजे सचिवालयको बैठक र त्योभन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ,’ सहप्रवक्ता रावलले भनिन् ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीमा केन्द्रीय सदस्य थपिएका थिए । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर