प्रधानसेनापतिसँग अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकको शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एशियाका लागि वरिष्ठ निर्देशक, रियर एडमिरल इलिन लाउबाचरको बुधबार शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसन उपस्थित थिए ।

यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *