मोरङमा भन्सार छलीको अढाइ क्विन्टल चामल बरामद

मोरङमा भन्सार छलेर ल्याएको अढाइ क्विन्टल चामल बरामद भएको छ।

सोमबार रतुवामाई नगरपालिका-७ स्थित भित्री सडकखण्डबाट प्र १-०४-००१ च १०८३ नम्बरको पिकअप गाडीमा राजस्व छली गरी ल्याएको १०० बोरा (२५०० किलोग्राम) सोना मन्सुली चामल बरामद भएको हो।

राजस्व छली नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उक्त चामल बरामद गरेको हो।

बरामद चामलको बजार मूल्य १ लाख १७ हजार ५०० रूपैयाँ रहेको छ।

चामल र चामल ढुवानी गर्न प्रयोग भएको गाडीसहित चालक रंगेली नगरपालिका-२ का २८ वर्षीय दिनेश साहलाई नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर