कास्की प्रहरीले एकैपटक नियन्त्रणमा लियो नदीजन्य पदार्थ दोहन गर्ने ५६ वटा सवारी साधन

कास्कीका विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाई चोरी निकासी गरेको आरोपमा प्रहरीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

स्थानीयको गुनासो तथा सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले मंगलबार अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा ओसारपसार गर्ने, भ्याट बिल नभएका, कागजपत्र नभएका, फर्जी बिल बनाएका ५६ वटा ट्रक, टिप्पर र ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधन आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर