छोरालाई थुनामुक्त गराइदिन्छाैं भन्दै बुवाबाट ठगे एक करोड, दुई जना पक्राउ

थुनामा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका-५ घर भएकी २६ वर्षीया रितु राई र बर्दियाको पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी छन्।

उनीहरू दुवै काठमाडौंको नागार्जुन नगरपालिका-१, रानीवन बस्दै आएका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

उनीहरूले पुर्पक्षका लागि कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भनी ठगी गरेको आरोप छ।

रेवन्त आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार थुनामा परेका हुन्।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार उनीहरूले रेवन्तका बुवा अमरबहादुर खड्काबाट पटक-पटक गरी ९९ लाख ७५ हजार रूपैयाँ ठगी गरेको पाइएको हो।

पक्राउ परेकाहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर