बारामा तनावः एकको मृत्यु, ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका वडा १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा वर्ष २५ का लक्ष्मी मुखिया नारायणी अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मुखियाको निधन भएको पुष्टि गरे।

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर