बाँकेमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट संचालकको मृत्यु

कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट संचालकको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारू रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *